मंगलबार, मंसिर २०, २०७९

नेप्से ६९ दशमलव ७७ अङ्कले घट्यो

फ्ल्यासन्युज नेपाल२०७८ पुष १२ गते १९:३६

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ६९ दशमलव ७७ अङ्कले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बीमा, उत्पादन, विकास बैंक र जलविद्युत् कम्पनीको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३८ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब ६० करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । आज जोशी हाइड्रोपावरको शेयर साढे आठ प्रतिशतले घटेको भएपनि मध्य भोटेकोसी जलविद्युत् र गोर्खाज फाइनान्सको शेयर भने १० प्रतिशतले बढेको छ ।

तपाइँको प्रतिक्रिया