पर्यटनमन्त्री आलेले गरे सूदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि जिल्लामा बजेट बिनियोजन
काठमाडौं । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज बसेको क्यानको बैठकले प्रदेशका सबै जिल्लाका विमानस्थलका लागी बजेट बिनियोजन गरेको हो ।
बैठकले कैलालीको धनगढी विमानस्थलका लागि एक अर्ब, अछामको साँफेबगर, कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको हो । यस्तै कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
साथै बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्ययनका लागि ५० लाख र डोटी विमानस्थल दुई सय ५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।