बिहीबार, असोज २०, २०७९

२१ स्थानीय तहको बजेटविहीन

फ्ल्यासन्युज नेपाल२०७८ पुष १२ गते १५:१६

काठमाडौं । चालु आर्थिक वर्षको करिब साढे पाँच महिना बितिसक्दा समेत २१ वटा स्थानीय तहले अझै पनि बजेट ल्याउन सकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३२ वटा स्थानीय तहले मात्र चालु आर्थिक वर्ष २०७८र०७९ को बजेट ल्याएका छन् ।

बाँकी २१ वटा स्थानीय तहले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् । यस्तो बजेट ल्याउन नसक्नेमा अधिकांश प्रदेश नम्बर २ बाट रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बजेट नल्याउने कुल २१ स्थानीय तहमध्ये २० वटा स्थानीय तह प्रदेश २ बाट रहेको छ भने एक स्थानीय तह बागमती प्रदेशबाट रहेको छ । बाँकी पाँचवटा प्रदेशबाट सबै स्थानीय तहहरूले चालु आर्थिक वर्षको स्थानीय बजेट ल्याइसकेका छन् ।

प्रतिशतका हिसाबमा हालसम्म कुल ७ सय ५३ स्थानीय तहमध्ये अधिकतम् ९७ दशमलव २१ प्रतिशत स्थानीय तहले चालु आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वार्षिक बजेट ल्याइसकेका छन् भने बाँकी २।७९ प्रतिशत मन्त्रालयले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् ।

तपाइँको प्रतिक्रिया