बिहीबार, असोज २०, २०७९

मेरो लागि रेडियो एक विशाल विश्वविद्यालय हो: खड्का

फ्ल्यासन्युज नेपाल२०७८ पुष १२ गते १५:०६

दिपिका खड्का 

शुभ प्रभात, नेपाल एफ नेटवर्कको नेपाल डायरीमा गोबिन्द खड्काको तपाईलाई स्वागत छ, यो आवाज तपाईहरुले सुनिरहनु भएकै आवाज हो । सुदुरपश्चिमको दुर्गम जिल्ला अछामको जनता माध्यमिक विद्यालयमा पढिरहदा लाग्दैन थियो मेरो आवाज पनि रेडियोमा आउँछ । दुर्गम जिल्लामा जन्मिएका खड्का बाल्यकालमा शान्त स्वभावको थिए । उनी भन्छन् मेरो स्वाभाव शान्त, सबैसँग मिल्ने झगडा नगर्ने अलिकति नेतृत्व गर्नुपर्ने स्वभावको थिएँ । पढाइ मेरो धेरै उत्कृष्ट पनि होइन् । मध्यम नै हो । ५ नम्वर भन्दा माथि चाहिँ कहिले आइन् उनले भने, स्कुल पढ्दा देखि नै रेडियो नेपाल सुनिरहने अरुले रेडियोमा बोलेको सुन्दा आफूलाई पनि रेडियोमा बोल्न कार्यक्रम गर्न खुब मन लागेको थियो । त्यतिबेला अछाममा रेडियो थिएन् । एसएलसी पास गरेपछि काठमाडौँ आएँ ।

त्यस पछाडि खड्कालाई रेडियोमा बोल्नुपर्छ भन्ने रहर लाग्यो । गाउँमा हुँदा पनि म रेडियोमा बोल्छु होला जस्तो लाग्थ्यो किन हो थाहा छैन् । स्कुलमा बक्तित्वकलामा भाग लिन्थे । कयौँ पटक प्रथम भएको छु खड्काले भने। मनमा अनेकौँ सपना सङ्गालेर सबैको सपनाको सहर काठमाडौ आएका खड्काको सरुवाती दिनहरुमा निकै सघंर्षपूर्ण रह्यो । रेडियोमा बोल्ने इच्छाले खड्काले पैसा नलिएरै धेरै समय काम गरे । रेडियो नेपालको कार्यक्रम राजधानीको सन्देशमा राजधानीमा हुनेहरुले गाउँमा हुनेहरुलाई सन्देश पठाउने एउटा कार्यक्रममा बोल्नुपर्छ भनेर त्यहाँ गएर म बोले । त्यो बोल्दा बोल्दै एउटा दुर्घटना भयो उनी हाँस्दै भन्छन् म सँग पैसा थियो तर पैसा छैन भनेर मैले बोल्नुपर्ने स्थिति आयो इमेरजेन्सि छ भने बोल्नुस् नत्र पाइदैन् भनेको भएर म रेडियोमा बोल्ने रहरले पैसा छैन भनेर बोले र बुवालाई सन्देश पठाएँ । त्यो सन्देश सुनेर बुवा आत्तिएर टाढाको सहरमा गएर पैसा खोजेर पठाउनु भएको थियो खड्काले भने ।

आर आर क्याम्पसमा पढ्दा देखि रेडियोमा काम गर्नुपर्छ भनेर साथीहरुको बीचमा लहैलहैमा रेडियो चाहार्दै हिडेको थिएँ । उद्घोषण तालिम लिएर रेडियो बोल्न पाईन्छ भन्ने सुनेर डिल्ली बजारको एउटा उद्घोषण केन्द्रमा गएर उद्घोषण तालिम पनि लिइयो । थुप्रै रेडियोमा कार्यक्रम चलाउँछु भनेर खोज्दै खोज्दै जाँदा त्यतिखेर एचबीसी एफएममा म कार्यक्रम चलाउन गएको तर समाचारमा म इन्ट्री भएँ । तपाईले समाचारमा रिर्पोटिङ गर्न सक्नुहुन्छ भने गर्नुहोस् । काममा अफिस आउन पर्दैन काठमाडौमा भएका कार्यक्रममा जानुस् समाचार लेख्नुस् फ्याक्स गर्नुस्। म मध्यम वर्गिय परिवारमा जन्मिएको हुँ । सरकारी जागिर खाने राम्रो पढाउने चेतना बुबा आमामा थिएन् उनी भन्छन् । बुवा सामान्य साक्षर हो । आमा निरक्षर छोरोलाई के बनाउनु पर्छ भन्ने त्यो किसिमको ज्ञान मेरो परिवारका सदस्यमा थिएन् । मैले जे रोज्यो तेही पढ्नु पथ्र्यो । काठमाडौ पढ्न आए पढेर यो बन्छ् भनेर आएको होइन । काठमाडौ पढ्न पठाउदा राम्रै हुन्छ भनेर आमाको दबाबमा बुबाले पठाएर आएको हुँ । काठमाडौं आएर म आरआरमा भर्ना भएँ । त्यहाँ मेरो गाउँका एक दुईजना पढ्नुहुन्थ्यो । त्यसकारण म आरआरमै भर्ना भएर पढ्न थाले खड्काले सुनाए ।

म उच्च शिक्षा हासिल गर्नका लागि २०५७ सालमा एसएलसी पास गरेर साउन महिनामा काठमाडौं आए । म पत्रकार हुन्छु जस्तो लाग्थ्यो तर म यसै पेसा अपनाएर बस्छु जस्तो लागेको थिएन । म काठमाडौं जान्छु पत्रकारिता गर्छु ,जस्तो लागेको थिएन । इमान्दारिताका साथ लागियो । काम गर्दै गरियो । सुरुमा मैले बिना पैसामा काम गरे । त्यसपछि एचविसी एफमा काम गर्दामैले समाचार लेखेर फ्याक्स गरेको मात्रै पैसा दिन्थ्यो। त्यसपछाडी महिनाको १८ सय पैसा दिने भन्ने सल्लाह भयो । त्यति गर्दा गर्दै उत्कृष्ट रिपोर्टरका रुपमा वार्षित्सवमा मैले अवार्ड पाउन सफल भएँ । त्यसपछि मेरो तलब बढेर तीन हजार पुग्यो । काम गर्दै गर्दा मैले कम्युनिकेसन कर्नर रेडियो पत्रकारिताको राम्रो अभ्यास गर्ने ठाउँ थियो । एचविसिपछि म त्यहाँ संग्लग्न भए । त्यहि मैले रेडियोसँग जोडिएका कुरा सिके । सिक्दा सिक्दै मैले रेडियोको नेतृत्व लिएर काम गर्ने क्षमताको विकास भयो र अहिले नेपाल एफएम नेटवर्कमा व्यबस्थापकीय भूमिकामा रहेर काम गरिरहेको छु ।

मैले रेडियोमा काम गर्दा मलाई ठ्याक्कै यहि मान्छेले काममा ल्याएको हैन । मैले पढ्दै गर्दा मलाई यचबिसीसम्मको काममा डोेर्याएको हो । त्यति खेर म कार्यक्रम आरुवारीका फूल भन्ने चलाउन गएँ । हप्ताको एक दिन बाहिरको मान्छेले टेस्टमा पास भएपछि चलाउन पाइन्थ्यो । त्यो कार्यक्रम चलाउन टेस्टमा पास पनि भए । अनि कार्यक्रम चलाउने सौभाग्य प्राप्त पनि गरे । अनि मलाई रिपोटिङ गर्ने भए गर्नुहोस् भन्दै भुवन भट्ट न्यूज कोअडिनेटर हुनुहुन्थ्यो । उहाँले मलाई जिम्मेवारी दिनुभयो । सरोज दाहाल भन्ने मेरो एक जना मिल्ने साथी हुनुहुन्थ्यो । उहाँको बढि सहजताले मलाई पत्रकारितामा जम्न पाएँ उनी विगतलाई सम्झिदै बताउँछन् ।

रेडियोमा काम गर्दै गर्दा मेरो अविष्मरणिय क्षण सबै भन्दा सम्झीन लायक भनेको मैले एक रेडियो पत्रकारिता गर्दै गर्दा एक जनाको पूर्नमिलन गर्न सफल भएँ । आज भन्दा १५ वर्ष अगाडी मैले रिपोटिङ गर्दै गर्दा त्यो मान्छेले सुनेर त्यो क्षण म कहिले पनि बिर्सिदिन । म त्यो क्षण कहिल्यै पनि बिर्सिदिन । मेरो लागि त्यो उत्साहपूर्ण क्षण हो । त्यस्ता थुप्रे क्षण छन। मैले सामूदायिक रेडियो नेटवर्क (सिआएन)को न्यूज प्रमुखको जिम्मेवारी पाएँ । त्यो पनि मेरा लागि उत्साहपूर्ण क्षण हो ।
पत्रकारिता मात्रै होइन्, मेरो रुची भनेको घुम्ने, रेडियोमा काम गर्ने। नयाँ नयाँ रेडियोको कार्यक्रम उत्पादन गर्ने । मलाई लाग्छ पत्रकारितामा थुप्रै खालको चुनौती छ । एउटा त पत्रकारिता गर्ने मान्छेहरुले जुन रुपमा गर्नुपथ्र्याे त्यो तरिकारले गरेका छैनन् । पत्रकारिता व्यवसायिक बन्न सकिरहेको छैन। त्यो पनि चुनौती छ । भनेको जस्तो दक्ष जनशक्ति छैन । त्यो पनि एक चुनौती नै हो । पत्रकारितालाई आम मानिसहरुले हिजो जुन रुपमा लिन्थ्ये । अहिले पत्रकारिता प्रतिको विश्वसनियता घटेको जस्तो लाग्छ । त्योपनि चुनौती छ। पत्रकारिता प्रतिको शतप्रतिशत विश्वास लिन नसक्नु जस्ता चुनौती छन् ।

रेडियोको अनुभव बताउँदै खड्काले भने, मेरो लागि रेडियो एक विशाल विश्वविद्यालय हो । उनी रेडियोमा काम गर्न चाहाने व्यक्तिलाई सुझाव दिदैं भन्छन, रेडियोमा आउन चाहानु हुन्छ भने, बोल्ने रहरले मात्र नआउनुहोस् । रेडियो कस्तो रहेछ भन्ने बुझ्ने रहरले पनि नआउनुहोस् । रेडियोलाई मलाई अहिले जे चलिरहेको छ । त्यो भन्दा फरक तरिकाले लिन सक्छु भन्ने लाग्छ भने, आवाजका हिसाबले नयाँ नयाँ सोचका साथ आउनुहोस् । श्रोतासँग जोड्ने त्यो हिसाबले रेडियोमा अझै पनि भविष्य छ । म रेडियोको एउटा नमूना बन्छु भन्ने लाग्छ भने तपाईलाई लाग्छ भने आउनुहोस्। नत्र नआउनुहोस् ।

 

तपाइँको प्रतिक्रिया