बिहीबार, मंसिर १५, २०७९

वर्गीय धरातलमा फर्कन माओवादी नेतृत्वलाई नेता कार्यकर्ताको सुझाव

फ्ल्यासन्युज नेपाल२०७८ पुष १२ गते १०:५९

काठमाडौं । माओवादीका नेता तथा कार्यकर्ताले पार्टीलाई स्पष्ट कार्यदिशाका साथ रुपान्तरित पार्टी बनाउन नेतृत्वको ध्यानकर्षण गराएका छन् ।

क्रान्तिकारी विचार र आफनो वर्ग छाड्दा पार्टीले अनेकन खालका धक्का खाएको भन्दै नेता तथा कार्यकर्ताले नयाँ विचारधारासहितको रुपान्तरित माओवादी चाहेको बताएका छन् । वर्तमान वदलिँदो परिस्थिति सुहाउँदो कार्यनीति र कार्यदिशाको अभावमा पार्टी बेलाबेलामा चुक्ने गरेको विगतको स्मरण गर्दै प्रतिनिधिले नयाँ विचारका साथ मुलुकको नेतृत्व गर्ने गरी माओवादी पार्टीको नवीकरण आवश्यक भएको औँल्याए ।

महाधिवेशन प्रतिनिधि युवराज लामाले अब माओवादीले विगतका कमजोरीलाई समीक्षा गरेर रुपान्तरित हुँदै अघि बढ्नुपर्नै र त्यो दिशातर्फ उन्मुख भएको बताउनुहुन्छ । विसं २०७० अघि एक खालको माओवादी रहेको, त्यसपछि २०७५ सम्म अर्को खालको र त्यसपछि अर्को भूमिकामा पुगेको उल्लेख गर्दै लामाले यो उतारचढाव र उथलपुथलकाबीच माओवादी यहाँ आइपुगेको बताउनुभयो । पार्टीभित्र गम्भीर समीक्षामार्फत नयाँ सोचको विकास हुनुपर्ने आवश्यकतासमेत प्रतिनिधिले गरेका छन् ।

उहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सम्मेलनमा बोलेका अभिव्यक्तिले समग्र नेपाललाई नेतृत्व गर्ने गरी रुपान्तरणका साथ कार्यनीति अघि बढाउने कुरामा विश्वस्त हुनुहुन्छ । चितवनबाट महाधिवेशनमा सहभागी सुमन सापकोटा देशको अर्थतन्त्र बलियो बनाउने र रोजगारी सिर्जना गर्ने तथा जीविकोपार्जनका निमित्त सहज बनाउने रुणनीति कार्यदिशा लिनुपर्ने बताउहुन्छ । “आदर्श नीति र विधि भएन, महाधिवेशनले त्यसलाई निचोडमा पु¥याएर दिशाबोध गर्नुपर्छ”, सापकोटाले भन्नुभयो । अर्का प्रतिनिधि सङ्गीता भट्टराई समाजवादी क्रान्ति पूरा गर्ने गरी स्पष्ट खाका तय गर्नुपर्ने जिम्मेवारी अहिले पार्टी सामु रहेको र त्यो पूरा हुन्छ भन्ने विश्वास बढ्दै गएको बताउनुभयो ।

महाधिवेशनमा उत्साहका साथ नेता कार्यकर्ता सहभागी थिए । छोटो समयमा तयारी गरिएको महाधिवेशन भए पनि पूर्ण तयारी देखिएको थियो । यद्यपि हल सानो हुँदा चिसो मौसममा चौरमा बसेर प्रतिनिधि तथा शुभेच्छुकले स्क्रिनमार्फत उद्घाटन शत्र हेरेका थिए । त्यही माहोलमा हुनुहुन्थ्यो बाजुराका वृद्ध प्रतिनिधि सन्तबहादुर शाही । २२ वर्षदेखि माओवादीमा सक्रिय शाही माओवादी पार्टी खराब नभए पनि त्यहाँभित्रका नेता खराब भएको गुनासो गर्नुहुन्छ । उहाँले विगतमा पार्टीले राजनीतिक अवस्थाअनुसार अघि बढेको र कतिपय अवस्थामा कमीकमजोरी पनि भएको उल्लेख गर्दै अब पार्टीले मुलुकको राजनीतिक नेतृत्व गर्नुपर्ने सुझाव दिए । “दुई दुई पटक प्रचण्डै नेतृत्वमा सरकार बन्यो, एक पटक बाबुराम भट्टराईको नेतृत्वमा पार्टीले सकारको नेतृत्व ग¥यो, पटकपटक सरकारका सहभागि भइरहेको छ, अब ठुलो पार्टी बनेर नेतृत्व गर्न सके मुलुकले केही परिवर्तनको सास फेर्ने छ”,

तपाइँको प्रतिक्रिया