बिहीबार, असोज २०, २०७९

हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ- माधव नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ पुष ११ गते १८:५६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार नेकपा (माओवादी केन्द्र) को आठौं महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष नेपालले भने, ‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरामा, जनताको पीडा र वेदनाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसोभए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ । राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहरलाई जनताले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरुको बीचमा छलफल हुनुपर्छ ।’

अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरामा, जनताको पीडा र वेदनाहरुलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसोभए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ । राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहरलाई जनताले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरुको बीचमा छलफल हुनुपर्छ ।’

अध्यक्ष नेपालले भ्रष्टाचरालई निमिटुयान्न नपारेसम्म राजनीतिक दलहरुले जनताको मन जित्न नसकेको भन्दै परिवर्तन, नेपाली जनताको हीतको लागि हुनुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया