माओवादीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव सहित १५ पदाधिकारीको प्रस्ताव
फ्ल्यासन्युज नेपाल२०७८ पुष ११ गते १२:२६
काठमाडौं। नेकपा माओवादी केन्द्रले आइतबारबाट सुरु हुने आठौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव सहित १५ जना पदाधिकारीका लागि प्रस्ताव गरेको छ ।
माओवादी केन्द्रले पहिलो पटक एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव र ३ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने गरी विधान परिमार्जनको प्रस्ताव महाधिवेशनमा जाने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।
आजबाट सुरु हुने आठौं महाधिवेशनमा नीति पारित गर्ने र अध्यक्ष बाहेक अन्य पदाधिकारीको चयन नहुने यसअघि जनाइसकेको छ। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुलाई केन्द्रीय कमिटीले चुन्ने व्यवस्था रहेको छ ।