शुक्रबार, असोज १४, २०७९

अमेरिकाले गर्यो टेलिस्कोपको प्रक्षेपण

फ्ल्यासन्युज नेपाल२०७८ पुष १० गते १७:४२

एजेन्सी । अमेरिकी अन्तरिक्ष नियोग नासालेसबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्ने भएको छ । जेम्स वेबको नामक उक्त टेलिस्कोपको आज गर्न लागिएको नासाले जनाएको छ ।

दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ ।

नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन् । टेलिस्कोपले पृथ्वीमा उडेको चराको तस्बिर पनि अन्तरिक्षबाटै स्पष्टरुपमा खिच्न सक्ने नासाले जनाएको छ ।

अहिलेसम्म अन्तरिक्षमा पठाएको टेलिस्कोपमध्ये सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपलाई शक्तिसाली मानिन्छ । नासाले आज प्रक्षेपण गर्न लागेको टेलिस्कोप हब्बल भन्दा एक सय गुणा शक्तिशाली रहेको बीबीसीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया