मंगलबार, असोज ११, २०७९

देउवालाई प्रचण्ड प्रस्ताव:ओली बालुवाटार आउँदैनन् अब हामी बालकोट जाऔं

फ्ल्यासन्युज नेपाल२०७८ पुष १० गते १५:५९

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेर बहादुर देउवासँग एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने प्रस्ताव गरेको बताएका छन् ।

आज राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले सर्वदलिय बैठकमा ओली नआउने भएकाले प्रधानमन्त्री देउवासँग बालकोट जाउँ भन्ने प्रस्ताव लिएको बताएका छन् ।ओलीले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको उल्लेख गर्दै उनले एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउँदा पनि ओली नआएको बताए ।

उनले भने – ओली सर्वदलीय बैठकमा बालुवाटार आउँदैनन् । बरु प्रधानमन्त्रीलाई तपाई र म बालकोट जाम भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु ।

उनले भने – फेरि प्रचण्डपथमा नै फर्किने हुँदैन् । तर पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिक मार्गदर्शनमा लैजान विचार बहस गरिरहेको छौँ ।

अहिले जारी स्थायी कमिटी बैठकमा यो विषयमा गम्भीर ढंगबाट छलफल भइरहेको उल्लेख गर्दै प्रचण्ड भने – प्रचण्डपथ हामीले युद्धकालिन अवस्थामा पारित गरेका थियौँ । शान्ति प्रक्रियामा आएपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि प्रचण्डपथ स्थगन गरियो ।

तपाइँको प्रतिक्रिया