शनिबार, असोज १५, २०७९

नेपाली कांग्रेसको १४ औं केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्यो चार निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ पुष १० गते १४:४१

काठमाडौं । नेपाली कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरणपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विभिन्न चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, महाधिवेशनलाई शुभेच्छा प्रकट गर्नेदेखि सम्पन्न गर्न क्रियाशील भएर लाग्ने निर्वाचन समिति, सञ्चारमाध्यम लगायका सम्पूर्ण पक्षलाई धन्यवाद दिने, राष्ट्रियसभाको निर्वाचनको प्रयोजनको लागि नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्न कार्यादेश दिने निर्णय गरेको छ ।

त्यसै गरि बैठकले राष्ट्रियसभा निर्वाचनका निर्वाचन आयोगमा दल दर्ताको लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दलको तर्फबाट दलको विवरण बुझाउने र अद्यावधिक गर्ने जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

बैठकमा अन्य विषय
मा छलफल नभएको र शीर्ष नेताहरूलाई यसअघिकै वरीयतामा राखिएको महामन्त्री थापाले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया