बिहीबार, मंसिर १५, २०७९

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान

फ्ल्यासन्युज नेपाल२०७८ पुष १० गते १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ।

शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन्।

२४(२७ मंसीरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट पदाधिकारी सहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।

तपाइँको प्रतिक्रिया