मंगलबार, मंसिर २०, २०७९

प्रधानमन्त्री देउवा पुसको अन्तिममा भारत जाने

फ्ल्यासन्युज नेपाल२०७८ पुष १० गते १२:४१

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुस अन्तिममा भारत भ्रमण गर्ने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् ।

गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलनका क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी दोस्रो साताको मिति प्रस्ताव गरिएको छ ।

तपाइँको प्रतिक्रिया