मंगलबार, असोज ११, २०७९

गणतन्त्रलाई उल्टाउने षड्यन्त्र भइरहेको छ: प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ पुष ९ गते १६:४७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन । नेकपा मसाल सँगको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दलहरुले अझै पनि गणतन्त्रलाई उल्ट्याउने प्रयास गरिरहेको बताएका हुन् ।

प्रचण्डले नेकपा मसाल र आफुहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएकाले एकता दिगो हुने दाबी गरेका छन् । उनले इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तीकारीहरुलाई परास्त गर्न सकिने जिकिर गरे ।

 

तपाइँको प्रतिक्रिया