बिहीबार, मंसिर १५, २०७९

कांग्रेस प्रदेश दुईको सभापतिमा देउवा निकट कृष्णराय यादव निर्वाचित

फ्ल्यासन्युज नेपाल२०७८ पुष ९ गते ११:४२

काठमाडौं । नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्ण राय यादव विजयी  भएका छन् । उनले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरे । आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णाले ९९६ मत ल्याएका हुन् ।

रामसरोजले ८५५ मत पाएकाे थियो । उनी बिमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार हुन । प्रदेश २ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । आज विहान पोने २ बजेबाट सभापतिको मतगनणा सुरु भएको थियो । अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुनेछ । प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो । मंसिर २४ देखि २६ सम्म काठमाडौंमा आयोजित महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

तपाइँको प्रतिक्रिया