बिहीबार, असोज २०, २०७९

कांग्रेस महाधिवेशन पछि भोली पहिलो बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७८ पुष ९ गते ११:२५

काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व आएपछिको पहिलो केन्द्रीय समिति बैठक भोलिका लागि बोलाइएको छ । भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक आह्वान भएको काँग्रेस पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकअघि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र दिइनेछ । भोलि बिहान ११ बजे प्रमाणपत्र वितरणको समय तय भएको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताए । गएको मङिसर २४ देखि २८ गतेसम्म काठमाडौँमा नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन भएको थियो ।

महाधिवेशनबाट काँग्रेसको केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना निर्वाचित भएका छन् । सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

 

तपाइँको प्रतिक्रिया