विधिको शासन र कानुनी राज्य नै लोकतन्त्रको आधार स्तम्भः प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनी राज्यको प्रत्याभूति दिलाउन महान्यायाधिवक्ताको कार्यालयको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विधिको शासन र कानुनी राज्यको सुनिश्चिता प्रदान गर्न र मानवअधिकारको रक्षा गर्दै कानुनी सेवा पुर्याउन व्यावसायिक र कर्तव्यनिष्ठ भएर लाग्न सम्पूर्ण सरकारी वकिलहरुलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले विधिको शासन र कानुनी राज्य नै लोकतन्त्रको आधार स्तम्भ रहेकोले त्यसको संरक्षण र प्रवर्द्धनमा महान्याधिवक्ताको कार्यालय सफल हुने विश्वास व्यक्त गरे।
महान्यायधिवक्ता खम्मबहादुर खातीले पछिल्लो समय न्यायालयमा समस्या हुँदा सवाग्राही मर्कामा परेको र गुनासो बढ्दै गएको बताउनुहुँदै न्यायालयमा देखिएको समस्या समाधानको लागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायलय प्रतिको विश्वास कमजोर बन्दै गएको उल्लेख गर्नुहुँदै सरकार र राजनीतिक दलहरुले न्यायालयको समस्या समाधान गर्न तत्काल कदम चाल्नु पर्ने बताए।
स्थापना दिवसको अवसरमा महामानयायाधिवक्ताको कार्यालयले डेढ दर्जनभन्दा बढी पूर्व तथा वर्तमान न्यायक्षेत्र विशिष्ठ व्यक्तिहरुलाई सम्मानित गर्यो । त्यसैगरी सर्बोत्कृष्ट वर्ष सरकारी वकिल २०७८ बाट सञ्जीवराज रेग्मीलाई सम्माति गरेको छ। त्यसैगरी स्थापन दिवसको अवसरमा आयोजित कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुको वक्तृत्वकलामा प्रथम दोश्रो र तेश्रो हुनेहरुलाई पुरस्कार प्रदान गरेको छ ।