बुधबार, मंसिर १३, २०८०

नागरिकता सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारकालाई निर्देशन

फ्ल्यासन्युज नेपाल२०७८ पुष ८ गते १६:२६

काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेश गर्न सरकारलाई निर्देशन गरेको छ । समितिको आज बसेको बैठकमा सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न निर्देशन गरेका हुन ।

नागरिकतासम्बन्धी विधेययकमाथि छलफल गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सुझावसहित संसदमा बुझाइसकेको छ । तर उक्त विधेयक संसद बैठकमा पेश गरिएको छैन । नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेको जनाइएको छ ।

 

तपाइँको प्रतिक्रिया