बुधबार, मंसिर १३, २०८०

कांग्रेस अन्तिम मतपरिणाम सार्वजनिक हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष ८ गते १२:२२

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सबै क्लस्टरको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो नै सबै क्लस्टरको मतगणना सकेर सार्वजनिक गर्ने तयारी गरेको भएपनि गणक कम हुँदा आज मात्रै सकिने भएको निर्वाचन समितिले जनाएको छ ।

समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार आज खस आर्यको लागि खसेको १७ सय र आदिवासी जनजातीको लागि खसेको २५ सय मत गनिसकेर सबै क्लस्टरको अन्तिम मतपरिणाम सार्वजनिक गरिने छ । यसैबीच नेपाली काँग्रेस प्रदेश २ मा आज मतदान हुँदैछ । अधिवेशन अन्तर्गत हिजै हुने भनिएको मतदान प्राविधिक तयारी पूरा नभएको भन्दै आजलाई सारिएको हो । प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रामकृष्ण यादवले उम्मेद्वारी दिनुभएको छ भने विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवको उम्मेद्वारी परेको छ ।

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आगामी पुस १० गते बस्ने भएको छ । हालै सम्पन्न १४औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । त्यसैगरी, भोली सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको समेत उनल
े जानकारी दिए ।

कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री तथा १३४ सदस्य निर्वाचित भएका छन्। कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ । त्यसैगरी थप ३३ जना केन्द्रीय सदस्य पनि कार्यसमितिले मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ।

 

तपाइँको प्रतिक्रिया