बुधबार, मंसिर १३, २०८०

एमालेको अवरोधकाबीच चारवटा अध्यादेश स्वीकृत

फ्ल्यासन्युज नेपाल२०७८ पुष ७ गते १४:०२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध जारी राखेको छ । एमालेको विरोधकैबीच गृहमन्त्रीकोतर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८ तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन)अध्यादेश, २०७८, समाजिक सुरक्षा(पहिलो संशोधन)अध्यादेश, २०७८ र रेवले अध्यादेश,२०७८ स्वीकृत भएको हो ।

तपाइँको प्रतिक्रिया