शुक्रबार, असोज १४, २०७९

अमेरिकामा कैदीहरूलाई घरमै बस्ने सुविधा

फ्ल्यासन्युज नेपाल२०७८ पुष ७ गते १२:२६

काठमाडौं । अमेरिकाको न्याय विभागले कोरोना महामारीको कारण रिहा भएका हजारौं कैदीहरूलाई घर कैदमा बस्न अनुमति दिएको छ ।

कोभिड –१९ को संक्रमण फैलिएपछि रोकथाम उपायको रूपमा घरबाटै आफ्नो सजाय पूरा गर्न कारागारबाट हजारौ कैदीहरु रिहा भएका थिए। उनीहरूलाई घरमै कैद बस्न दिने अनुमतिबारे घोषणा मंगलबार अमेरिकाको न्याय विभागले गरेको हो ।

मार्च २०२० देखि संघीय ब्यूरो अफ प्रिजन (संघीय कारावास विभाग) ले ३६ हजारभन्दा बढी कैदीहरूलाई घर कैदमा राखेको सिएनएनले लेखेको छ । यसरी घर कैदमा रहेका मध्ये २५ हजारभन्दा बढीले आफ्नो सजाय पूरा गरिसकेका छन् भने ७ हजार ७ सय घर कैदमा छन्।

न्याय विभागको कानुनी सल्लाहकारको कार्यालयले जब महामारीको आपतकाल समाप्त हुन्छ तब घर भित्रै कैदमा राखिएका सबै कैदीहरूलाई फिर्ता बोलाउन पनि सक्ने भनी निर्णय गरिएको छ ।

तपाइँको प्रतिक्रिया