बिहीबार, मंसिर १५, २०७९

थप तीन जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ पुष ६ गते १६:४३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा त्यस्तै २४ घण्टाको अवधीमा २ सय ९० जना कोरोना संक्रमितहरु थपिएका छन् भने २३२ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

तपाइँको प्रतिक्रिया