बिहीबार, मंसिर १५, २०७९

चिट चोर्न नदिएको भन्दै आरआरका विद्यार्थीले शिक्षक कुटे

फ्ल्यासन्युज नेपाल२०७८ पुष ६ गते १२:४४

काठमाडाै‌ । चिट चोर्न नदिएको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का विद्यार्थीले शिक्षक माथि निर्घात कुटपीट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन।

कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ । कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको जानकारी दिए । शिक्षक माथि नै कुटपीट भएपछि क्याम्पसले मंगलबारको परीक्षा स्थगित गरेको जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया