प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमालेले अवरोध कायम राख्ने
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि पेश गरिंदैछ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले अध्यादेश पेश गर्न लागेका हुन् ।
यस्तै यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश पनि पेश हुँदैछ । नेमकिपाका सांसद प्रेम सुवालले उक्त अध्यादेश अस्वीकृत गर्न छुट्टै प्रस्ताव पेश गर्वानेलयले जारी गरेको सम्भावित कार्यसुचीमा एमसीसी विधेयक भने राखिएको छैन । पछिल्लो समय चालु संसद अधिवेशनमा एमसीसी पेश गर्ने सरकारको तयारी छ । सोहै अनुसार सत्ता गठबन्धनमा छलफल चलिरहेको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने भएको छ । आफुले कारबाही सिफारिस गरेका सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले लगातार सदन अवरोध गर्दै आएको छ ।