शनिबार, मंसिर २४, २०७९

माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

फ्ल्यासन्युज नेपाल२०७८ पुष ६ गते ११:४३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन्।

सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी काभ्रेपलाञ्चोकका दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै पौडेल अध्यक्षमा विजयी भएको हो । पौडेलले १६२ मत पाए भने गौतमले ८६ मत मात्रै पाएका छन् ।

यस्तै, तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी हुनु भएको छ भने सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ)निर्वाचित भएका छन । तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो ।

कसले कति मत पाए ?

तपाइँको प्रतिक्रिया