सोमबार, असोज १०, २०७९

ए डिभिजन लीगमा एपीएफको पहिलो जित, फ्रेन्ड्स क्लब ३–१ गोल अन्तरले पराजित

फ्ल्यासन्युज नेपाल२०७८ पुष ५ गते १७:०८

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।

एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । यस्तै बिकी तामाङको नाममा एक गोल रह्यो । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए । यस जितसँगै एपीएफले ५ खेलमा ४ अंक जोडेको छ भने फ्रेन्ड्सको ५ खेलमा २ अंक छ । खेलमा एपीएफका आशिष लामा म्यान अफ दि म्याच चुनिएका छन ।

तपाइँको प्रतिक्रिया