शनिबार, मंसिर २४, २०७९

विश्वविद्यालयको शिक्षा सहज, सुलभ र व्यवहारिक हुनुपर्छ- प्रधानमन्त्री देउवा

फ्ल्यासन्युज नेपाल२०७८ पुष ५ गते १६:१९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन । आज(सोमवार) त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका हुन । उनले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने मान्यता रहेको भन्दै देशको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । उनले दीक्षित विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै देशको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पु¥याउनुपर्ने बताए ।

मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन्।

तपाइँको प्रतिक्रिया