शुक्रबार, असोज २१, २०७९

देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौं भन्नु भएको छ- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ पुष ५ गते १५:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाले कुनै पनि हालतमा गठबन्धन नटुटाउने बचन दिएको बताएका छन् ।

समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले भने, एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको तर प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौं भन्नु भएको छ ।

कार्यक्रममा उनले अहिले पनि एमाले अध्यक्ष ओली प्रतिमगनको बाटोमा रहेको संसद् अवरोधबाट पुष्टि भएको बताए । उनले एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको बताए ।

 

 

तपाइँको प्रतिक्रिया