शुक्रबार, असोज २१, २०७९

विभिन्न बहानामा अहिलेको गठबन्धन टुटाउन खोजिँदैछ: डा. भट्टराई

फ्ल्यासन्युज नेपाल२०७८ पुष ५ गते १४:५१

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परस्त गर्नका लागि चुनावसम्म गठबन्धन निरन्तर रुपमा लैजानु पर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनले आयोजना गरेको पुसको ५ गतेको कालोदिन कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको गठबन्धनलाई भत्काउने खोजिएको भन्दै त्यसैले सचेत रहेन आग्रह गरे।

प्रतिगमन पूर्ण रुपले कहिल्यै परास्त हुँदैन त्यसैले त्यसका लागि निरन्तर रुपमा खबरदारी आवश्यक छ । प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ । यसलाई आगामी चुनावसम्म कायम गर्नुपर्छ,भट्टराईले भने, विभिन्न बहानामा अहिलेको गठबन्धन टुटाउन खोजिँदैछ । त्यसतर्फ सजक रहन पर्छ । कम्तीमा महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमति हुनुपर्छ ।

 

तपाइँको प्रतिक्रिया