मंगलबार, मंसिर २०, २०७९

चिलीको राष्ट्रपतिमा ३५ बर्षिय विद्यार्थी नेता बोरिक विजयी

फ्ल्यासन्युज नेपाल२०७८ पुष ५ गते ११:२१

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित भएका छन । आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन हुने बाचा गरेका थिए ।

चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई बिद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो ।

तपाइँको प्रतिक्रिया