शनिबार, असोज १५, २०७९

सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ पुष ४ गते १४:५१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै समूदायको हक अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुने बताएका छन् । किराँत समुदायको उँधौली तथा नेवार समुदायको योमरी पुन्हिका अवसरमा शुभकामना सन्देश दिदैै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

शुभकामना सन्देश मार्फत उनले जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारण उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको उल्लेख गरेका छन्।

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिको ठूलो योगदान रहँदै आएको स्मरण गरेका छन्।

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको हो । सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो,’ प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ।
हेर्नुहोस् शुभकामना सन्देश जस्ताको त्यस्तै

तपाइँको प्रतिक्रिया