चर्च भित्र झुण्डिएको अवस्थामा बालक मृत भेटिए
फ्ल्यासन्युज नेपाल२०७८ पुष ४ गते १२:२४
काठमाडौं । बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षीय बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा फेला परेको प्हरीले जनाएको छ । घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्।