शनिबार, असोज १३, २०८०

इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ पुष ३ गते १२:१८

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीमा परि इराकमा दुई जना नेपाली नागरिकहरुको मृत्यु भएको छ । शुक्रबार इराकको स्वशासित राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको हो ।

कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।

शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।

तपाइँको प्रतिक्रिया