कांग्रेस सहमहामन्त्रीमा मुस्लिम तर्फ फरमुल्लाह मन्सुर र खसआर्यबाट किशोरसिंह राठौर निर्वाचित
फ्ल्यासन्युज नेपाल२०७८ पुष २ गते १६:३४
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् । पिछडीएको क्षेत्रबाट भने बद्री पाण्डे विजयी हुने संकते देखिएको छ ।