शनिबार, असोज १३, २०८०

एमसीसीबारे सहमती गर्न सर्वदलिय बैठक बोलाउन देउवा र दाहाल सहमत

फ्ल्यासन्युज नेपाल२०७८ पुष २ गते १४:०१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने सहमति भएको छ । शुक्रबार बिहान भएको भेटमा उनीहरुबीच सर्वदलीय बैठक बोलाउने सहमति भएको हो ।

अमेरिकी सहयोग मिलियन च्यालेन्स कर्पाेरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌मा अघि बढाउनका लागि दलहरूको सहमति खोज्‍न सर्वदलीय बैठक बोलाउन लागिएको बालुवाटार स्रेतले जनाएको छ। एमालेले संसद्‌ अवरुद्ध गरिेरहेको अवस्थमा संसद बैठक खुलाउने बारेमा समेत छलफल गर्दै गतिरोधको उपाय खोज्ने समेत छलफल भएको छ ।

हिजोमात्रै ओलीले गठबन्ध ताोड्ने सर्त सहित एमसीसी पास गर्ने प्रतिवद्धता जनाएपछि देउवा आज विहानै प्रधानमन्त्री देउवालाई भेट्न बालुबाटार पुगेका थिए ।

तपाइँको प्रतिक्रिया