मंगलबार, असोज १६, २०८०

कांग्रेस सहमहामन्त्री पाँच पदको मतगणना केही बेरमा हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २ गते १०:३०

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सह(महामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना केही समयपछि सुरु हुँदैछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सह(महामन्त्रीको मतगणना केही बेरपछि सुरु हुन लागेको हो। मधेसी समूहको सह(महामन्त्रीमा महेन्द्र यादव, रामकृष्ण यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् ।

त्यस्तै, खसआर्य समूहको सह-महामन्त्रीमा किशोरसिंह राठौर, देवराज चालिसे उम्मेदवार छन् भने थारू क्लस्टरमा उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छन् । मुस्लिम क्लस्टरको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन् ।

पिछडिएको क्षेत्र क्लस्टरको सह(महामन्त्रीमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम बिहीबार राती घोषणा भइसकेको छ ।

तपाइँको प्रतिक्रिया