मतदाताको विश्वास जित्नेगरी काम गर्छु: थापा
फ्ल्यासन्युज नेपाल२०७८ पुष १ गते १७:२७
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले एकदिन आफूलाई पनि थाक्ने सुविधा नभएको बताएका छन् । महामन्त्री पदमा विजयी भएसँगै पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले मतदाताको पनि विश्वास जित्ने गरि काम गर्ने बताएका हुन ।
उनलेनले आफूलाई मत नदिएका १६०० मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताए । अब पार्टीलाई देखिने, सुनिने, बुझिने बनाउनुपर्ने खाँचो भएको बताउँदै उनले भने, ‘इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछु । मैले साथीहरुलाई एक दिन पनि गलत मान्छे छानेछु भन्ने दिन आउन दिन्नँ भनेको छु । म सिंगो पार्टीको महामन्त्री बन्छु ।’