मंगलबार, असोज १६, २०८०

कांग्रेस महामन्त्रीमा गगन र विश्व विजयी

फ्ल्यासन्युज नेपाल२०७८ पुष १ गते १५:२५

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेतादुवय गगन थापा र विश्व प्रकाश शर्माले जित हासिल गरेका छन् । नेता गगन थापा डा. शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रेका थिए ।

त्यस्तै कांग्रेस प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा देउवा प्यानलमा नआटएपछि उनी प्रकाशमान सिंहको प्यानल मार्फत निर्वाचनमा होमिएका थिए । महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्।

तपाइँको प्रतिक्रिया