शनिबार, असोज १३, २०८०

देउवा गुट सभापति नभई हामी सबैको सभापति बन्नुपर्छ- थापा

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २९ गते १६:४२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेद्वार गगन थापाले शेर बहादुर देउवा गुटको सभापति नभई पार्टीको सभापति बन्नु पर्नेमा जोड दिएका छन् । सभापतिमा पराजित पछि डा. शेखर कोइरालाले आफू निकट कार्यकर्तालाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै देउवा हामी सबैको पार्टी सभापति भएको बताए ।

यसले मेरो मनमा दुई वटा कुरा आयो । पहिलो कुरा, देउवालाई हार्ने हो कि भन्ने डरचाहिँ रहेछ, एक जना मतदाता पनि छाड्नु भएन,’ उनले भने, ‘यस्तै अधिवेशन केही अघि नारायणी किनारमा भएको थियो, त्यहाँ पूर्वप्रधानमन्त्री एउटा होटलमा सानले बस्नु भएको थियो । हाम्रो अधिवेशनको फरक यही हो कि बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनु पर्यो, भोट माग्नुभयो ।’

दुवै चरणमा भएको निर्वाचनमा आफूले देउवालाई भोट नदिएको जानकारी दिँदै गगनले भने, ‘तर अब देउवा हामी सबैको सभापति हो । पार्टीको हितमा काम गर्नुभयो भने हाम्रो सहकार्य उहाँसँग हुन्छ । उहाँ जहाँ चुक्नुहुन्छ, उहाँसँग हाम्रो संघर्ष हुन्छ ।’

तपाइँको प्रतिक्रिया