प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २८ गते ११:४६
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् ।
पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग भेटवार्ताका लागि सिंहको निवास चाक्सीबारी पुग्नु भएको थियो । देउवासँगको भेटवार्तापछि सिंहले आफूले देउवालाई सघाउने बताएका हुन् ।
देउवाले पार्टीमा सुधार र कार्यशैली परिवर्तन गर्ने आश्वाशन दिएकाले सिंहले देउवालाई सघाउने निर्णय गर्नुभएको सिंह निकट पत्रकार युपी लामिछानेले जानकारी दिए । दोस्रो चरणको निर्वाचन आजै दिउँसो साँढे ३ वजेदेखि हुने भएको छ ।