मंगलबार, असोज १६, २०८०

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २८ गते १०:०८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक अहिले केहि बेरमा बस्दैछ । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान गर्नु पर्ने भएपछि समितिको बैठक बस्न लागेको हो ।

 

बैठकमा अब सभापति पदका लागि कति बजेदेखि मतदान गर्ने हो सो विषयमा छलफल हुने समितिका सदस्य एकराज पोखरेलले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया