मंगलबार, असोज ९, २०८०

शेखर कोइरालालाई रामचन्द्र पौडेलद्वारा जितको शुभकामना

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २७ गते १०:३५

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

बिहान पौडेल निवास बोहराटारमै पुगेर कोइरालाले भेटवार्ता गरेका छन् । भेटमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखर कोइरालालाई जितको शुभकामना दिनु भएएका छन ।

राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्ने भन्दै प्रचार गरेकोप्रति सङ्केत गर्दै पौडेलले आफ्नो समर्थन कोइरालालाई नै रहेको बताए । यस्तै, पौडेलले संस्थापन इतर एक हुन नसकेकोमा दुःख व्यक्त गरे ।

सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो ।

तपाइँको प्रतिक्रिया