शनिबार, असोज १३, २०८०

गगनको कटाक्षस् काँग्रेसमा कुनै ‘बा’ को जस्तो सूचि सुनाइदैन, स्वस्थ प्रतिष्पर्धा हुन्छ

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २७ गते १०:२१

काठमाडौ । नेपाली काँग्रेसका नेता गगन थापाले जारी महाधिवेशनमा अरुसंग प्रतिष्पर्धा नभइ काँग्रेससंगै प्रतिष्पर्धा भएको बताएका छन् । जारी महाधिवेशनमा शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले काँग्रेसको माहाधिवेशन कुनै बा को जस्तो सूचि सुनाउने नभइ स्वस्थ प्रतिष्पर्धा भएको बताए ।

महामन्त्रीका प्रत्यासी समेत रहेका थापाले यो महाधिवेशनले आफ्नो प्यानलले जितेर सिंगो पार्टीलाई एक बनाउने दाबी गरे नेता थापाले काँग्रेका नौलाख भन्दा बढी क्रियाशिल सदस्यको भावनालाई आत्मसाथ गरि अघि बढ्न आफुहरु सक्षम रहेको दाबी गरे । आगामी निर्वाचनमा काँग्रेस एक्लै लडने र जित्नको लागि अझै लाखौं कार्यकता आवश्यकता पर्ने भएकाले नेतृत्वले त्यता ध्यानदिनुपर्नेमा जोड दिए ।

नेता थापाले शेखरको कोइरालाको प्यानलले व्यक्ति बनाउने नभइ काँग्रेस बनाउन खडा भएको बताए । अधिवेशन पछि नयाँ नेतृत्व कुनै गुटको नभइ सिंगो काँग्रेसको सभापति बन्ने दाबी गरे ।

तपाइँको प्रतिक्रिया