शेखर कोइरालालाई समर्थन गर्दै युवराजले लिए सभापतिको उम्मेद्वारी फिर्ता
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २६ गते १३:५१
काठमाडौँ । कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै उनले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको न्यौपानेले पत्रकार सम्मेलन मार्फत जनाएका हुन् । गोरखा निवासी कोइराला तरुण दलका नेता समेत हुन् । न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा,शेखर कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।