मंगलबार, असोज १६, २०८०

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २६ गते १२:०५

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्का चान्देव शिविरमा बस्ने ४० वर्षीय खगिराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।

गए राती मध्यरातमा हात्तीको बथानले आक्रमण गर्दा घाइते हुनु भएका रानाको उपचारका लागि कैलालीको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । गए राती मात्रै हात्तीको आक्रमणबाट ढक्का चान्देव शिविरमा बस्ने आरक्षपीडितहरूका १५ भन्दा बढी झुपडीमा क्षति पुगेको छ ।

तपाइँको प्रतिक्रिया