तीनै तहको निर्वाचनमा बहुमत दिलाउन मेरो उम्मेद्वारी: देउवा
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २५ गते १७:२८
काठमाडौं । नेपाली कांग्रेसको पार्टी सभापतिमा उम्मेद्वारी दिर्दैं शेर बहादुर देउवाले तीनवटै तहको निर्वाचनामा बहुमत ल्याउने उद्धेश्य रहेको बताएका छन् ।
शनिबार सभापतिको उम्मेद्वारी पश्चात देउवाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेद्वारीका बारेमा स्पष्ट पारेका छन् । उनले भनेका छन, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदबारी दिएको छु । कांग्रेसलाई बलियो बनाउदै आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु । कांग्रेसमा देउवासँगै ६ सभापतिमा शेर बहादुर देउवाको उम्मेद्वारी परेको छ ।