सिटौलासँग गठबन्धन गरेर देउवा गुटले गर्यो उम्मेद्वारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निकै रोचक रुपमा उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ । आज उम्मेद्वारी गर्दाको दिन विमलेन्द्र निधि,प्रकाशमान् सिंह, कल्याण गुरुग शेखर कोइराला र शेर बहादुर देउवाले सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।
देउवाले उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर आफ्नो प्यानल तयार पारेका हुन् । जुन प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।
यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।