कांग्रेसले हात समात्न छाड्छ कि भन्ने डर छ: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साना दलहरुलाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने डर रहेको बताएका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मनतव्य दिदैं ओलीले साना दललाई काांग्रेसले हात छाड्छ कि भन्ने चिन्ता रहेको बताएका हुन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने दुश्साहस नगर्न भन्ने कुरा तर्फ इंगित गर्दै उनले उक्त, कुरा बताएका हुन् । सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र भन्दै प्रश्न गरे । एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन उनले भने ।
लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’
अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे । ‘ आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।