एक्लै हिँड्ने अहंकार नगरौं: प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनको गाउँमा नेता गए चोर आयो भन्ने कुरा प्रति कटाक्ष गर्दै निरंकुशता ल्याउने दुश्पर्यास भएको बताए ।
उनले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै लोककतन्त्रको लागि अघि बढ्न पर्ने बताए । उनले प्रतिगामीका विरुद्ध रााजनीति दलहरु एक ठाउँमा आएर आन्दोलन गरेको स्मरण गरे ।
नेपाली जनताले वीरता र एकताको सन्देश दिएकाले आन्दोलनका अगााडी सत्तामा पुग्दा कहिँ न कहिँ जनताका प्रतिवद्धता प्रति विचलित भएको बताए । उनले कांग्रेसका युवा नेताहरुले खास गरि छलफल गर्नु पर्नेमा जोड दिए । उनले आन्दोलनमा त्याग, तपश्या गर्ने पाार्टीहरु सत्तालिप्सामा डुब्ने गरेकाले त्यसको खोजी गर्नु पर्ने बताए ।
देउवाले आफूलाई पहिलो चिठी लेख्दै आफूलाई शान्ति वार्ताका लागि आव्हान र पहल गरेको भन्दै उनको प्रशंसा गरे । उनले एक्लै हिँड्ने अहंकार नगरौ। हामीले राजनीति एकता खोजे पनि प्रतिस्पर्धा गर्नु पर्नेमा जाोड दिए । उनले राजनीति एकता कारण नै मुलुकमा ठूला ठूला आन्दोलनले सार्थकता पाएको बताए ।