सोमबार, असोज १५, २०८०

कांग्रेस केन्द्रीय कमिटीको अन्तिम बैठकबाट तीनवटा प्रस्ताव पारित

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २३ गते १५:४६

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवशेनको आखिरीमा केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । विहिबार बसेको कांग्रेस केन्द्रीय कमिटीको बैठकबाट तीनवटा प्रस्ताव पारित भएका छन् ।

बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी भएनन् । संस्थापन इतर पक्षले सभापतिको साझा उम्मेद्वार छनौटमा खटिएका पौडेल अन्तिम बैठकमा उपस्थित नहुनलाई विशेष महत्वका साथ लिइएको कांग्रेस नेताहरुले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया