सोमबार, असोज १५, २०८०

राष्ट्रकवि घिमिरेकाे तस्वीर अंकित हुलाक टिकट प्रकाशित

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २२ गते १८:१३

काठमाडौँ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदानको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् ।

घिमिरेको जन्म मिति विसं १९७६ असोज ७ उल्लेखित उक्त हुलाक टिकट १० रूपैयाँको छ । कार्यक्रममा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले आफ्ना रचना नेपाली जनतामाफ सम्पत्तिका रूपमा छोडेर गएको भन्दै धरती रहुञ्जेल घिमिरेलाई स्मरण गरिने बताए । राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन हुनु राष्ट्रका लागि गौरवको विषय भएको उनको भनाइ छ ।

 

तपाइँको प्रतिक्रिया